२०८२ असार १६ गते सोमवार / Jun 30 , 2025 , Monday
२०८२ असार १६ गते सोमवार
Ads

इच्छाकामनाका ४५ चेपाङ परिवारलाई घर

shivam cement
मध्यान्ह
२०८२ असार १६ गते १२:४०
इच्छाकामनाका ४५ चेपाङ परिवारलाई घर

चितवन : चितवनको इच्छाकामना गाउँपालिकाले ४५ चेपाङ परिवारलाई घर हस्तान्तरण गरेको छ । गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङका अनुसार रु तीन करोड १९ लाख ६३ हजार १२८ को लागतमा ती घर निर्माण गरिएको हो । 

उनका अनुसार वडा नम्बर १ मा सात, वडा नम्बर २ मा पाँच, वडा नम्बर ३ मा पाँच, वडा नम्बर चारमा छ, वडा नम्बर ५ मा पाँच, वडा नम्बर ६ मा आठ र वडा नम्बर ७ मा नौ वटा घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।

वडा नम्बर ४ को  खैरहनीटार स्थित कमला चेपाङलाई हस्तान्तरण गर्न निर्माण गरिएको घरमा कार्यक्रमको आयोजना गरी सबै परिवारलाई घर हस्तान्तरण गरिएको हो । त्यस अवसरमा प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले क्रमश: ग्रामीण क्षेत्रका विपन्न परिवारलाई घर निर्माण गर्नुपर्ने बताए । 

गाउँपालिका अध्यक्ष गुरुङले वडाहरुले छनोट गरेका परिवारलाई कार्यपालिकाले निर्णय गरी घर निर्माण गरेको बताए । गत आर्थिक वर्षमा २२ वटा घर निर्माण गरेकोमा चालु आवमा दोब्बर संख्यामा घर बनाइएको हो । 

अधिकांश पहाडी भूभाग रहेको इच्छाकामनामा बहुसंख्यक चेपाङ बसोबास गर्छन् । घर हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माया सिलवालसहित वडा अध्यक्षलगायत स्थानीयको सहभागिता रहेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise