काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भएको जनाइएको छ । वीर अस्पतालले जारी गरेको विज्ञप्तिमा अस्पतालका निर्देशक प्रा.डा. दिलीप शर्माको नेतृत्वमा चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको समेत जनाइएको छ ।
निर्देशक प्रा.डा. शर्माले मन्त्री पौडेल ज्वरो आई अस्पतालमा भर्ना भएको र अहिले स्वास्थ्य सुधार भइरहेको बताए । मन्त्री पौडेलले थाइल्यान्डमा आयोजित कार्यक्रममा सहभागी भई स्वदेश फर्केलगत्तै यही असार १४ गते अस्पतालमा भर्ना भएका थिए ।