२०८२ असार १७ गते मङ्गलवार / Jul 01 , 2025 , Tuesday
२०८२ असार १७ गते मङ्गलवार
Ads

व्यवस्थापन संघको अध्यक्षमा राजेन्द्र लुईंटेल

shivam cement
मध्यान्ह
२०८२ असार १६ गते १९:४५
व्यवस्थापन संघको अध्यक्षमा राजेन्द्र लुईंटेल

काठमाडौं : देशभरका १२० भन्दा बढी इभेन्ट आयोजक तथा कम्पनीहरूको सहभागिता रहेको व्यवस्थापन संघको केन्द्रीय अध्यक्षमा राजेन्द्र लुईंटेल ‘राज’ चुनिएका छन् ।

प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न संघको तेस्रो महाधिवेशन एवं चुनावीसभा २०८२ बाट लुईंटेल अध्यक्षमा चुनिएका हुन् ।

सभाले लुईंटेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा तृष्णा गुरुङ, समीर लामा, महासचिवमा सोनीतराज ढुंगेल, सचिवमा विपिन पोखरेल तथा कोषाध्यक्षमा मनोज थापा रहेका छन् ।

त्यसैगरी सहसचिवमा भागिरथकुमार पोखरेल, सहकोषाध्यक्षमा सपना राई तथा कार्यसमिति सदस्यहरूमा सुभाष श्रेष्ठ प्रधान, रामकृष्ण श्रेष्ठ, राहुल बन्जाडे, पूजा रेग्मी र लोमस कार्की रहेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise