२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

नागार्जुनका मेयर मोहन बस्नेतलाई ८ वर्ष ३ महिना कैद सजाय

Nada
२०८२ असार १६ गते १९:५०
Shares
नागार्जुनका मेयर मोहन बस्नेतलाई ८ वर्ष ३ महिना कैद सजाय

काठमाडौं : विशेष अदालतले नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई ८ वर्ष ३ महिना कैद सजाय फैसला गरेको छ ।

ncell

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले भ्रष्टाचार मुद्दामा ८ वर्ष कैद तोकेको छ । सरकारी ओहोदामा रहेकाले बस्नेतलाई थप तीन महिना कैदको समेत फैसला भएको छ । 

९ करोड २२ लाख रुपैंयाको घुस लेनदेन भएको ठहर सहित विशेष अदालतले मेयर बस्नेत अनि पद्म हाउजिङका सञ्चालक राजु कँडेललाई २ करोड ३० लाख रुपैंयाका दरले जरिवाना मागेको छ ।

ताजा खबर

सम्बन्धित खबर