काठमाडौं : विशेष अदालतले नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई ८ वर्ष ३ महिना कैद सजाय फैसला गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले भ्रष्टाचार मुद्दामा ८ वर्ष कैद तोकेको छ । सरकारी ओहोदामा रहेकाले बस्नेतलाई थप तीन महिना कैदको समेत फैसला भएको छ ।
९ करोड २२ लाख रुपैंयाको घुस लेनदेन भएको ठहर सहित विशेष अदालतले मेयर बस्नेत अनि पद्म हाउजिङका सञ्चालक राजु कँडेललाई २ करोड ३० लाख रुपैंयाका दरले जरिवाना मागेको छ ।