२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

शितगंगा नगरपालिकामा ‘ड्रमस्टिक ट्री’को बिरुवा वितरण

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असार २८ गते २०:१५
शितगंगा नगरपालिकामा ‘ड्रमस्टिक ट्री’को बिरुवा वितरण

अर्घाखाँची : गरिवी निवारणको लागि जैविक खेती अभियानको आयोजना, यूएनडिपी गिफ एसजिपीको आर्थिक सहयोगमा अर्घाखाँचीको शितगंगा नगरपालिकामा मरिङ्गाको बिरूवा वितरण गरिएको छ । 

वडा नं ५ र ६ जुकेनामा ४ हजार पाँच सय बिरूवा वितरण गरिएको हो । ‘ड्रमस्टिक ट्री’ अर्थात् ‘चमत्कारी रूख’ भनेर समेत परिचित मरिङ्गा खेतीले पर्यावरणीय, पोषणात्मक, र आर्थिक लाभ प्रदान गर्दै स्थानीय समुदायको स्वास्थ्य, वातावरण, माटोको गुणस्तर सुधार, अन्य बालीहरूको उत्पादनमा पनि वृद्धि, ग्रामीण क्षेत्रमा रोजगारीको अवसर सिर्जना, आत्मनिर्भरता, आर्थिक अवस्थालाई सुधार, पोषण, पर्यावरण संरक्षण र आर्थिक समृद्धि जस्ता विविध क्षेत्रहरूमा महत्वपूर्ण योगदान पुर्‍याउने संस्थाका अध्यक्ष पर्शुराम आचार्यले बताए । 

गरिबी निवारणको लागि जैविक खेती अभियानका अध्यक्ष आचार्यको अध्यक्षतामा भएको बिरुवा हस्तान्तरण कार्यक्रममा शितगंगा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष चन्द्रमणी बेल्वासे, कार्यक्रम संयोजक शिव बेल्वासे, कृषि प्राविधिक भिमलाल घिमिरे, साझा फूलबारी महिला कृषि सहकारी संस्थाका अध्यक्ष बसन्ता आचार्य, व्यवस्थापक मिना पौडेल लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा शितगंगा नगरपालिका वडा नं ५ र ६ का ६२ जना महिला कृषकहरूको सहभागिता रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise