काठमाडौं : कुलिङ पिरियडबारे छलफल गर्न राज्य व्यवस्था समितिले सभामुख देवराज घिमिरेलाई भेटेको छ ।
सभापति रामहरि खतिवडासहित सांसदहरूले मंगलबार बिहान सभामुख घिमिरेलाई भेटेका हुन् ।
कर्मचारीले अवकाश वा राजीनामा दिएको दुई वर्षसम्म संवैधानिक, कूटनीतिक वा सरकारले गर्ने अन्य कुनै नियुक्ति खान नपाउने कानुनमै व्यवस्था गर्न संसद्को राज्य व्यवस्था समितिमा सर्वसम्मति भएको थियो ।
तर निजामती विधेयक प्रतिनिधि सभाबाट पारित हुँदा 'बाहेक' शब्द राखिएपछि त्यसमा सांसदहरूले आपत्ति जनाएका छन् ।