२०८२ असार १७ गते मङ्गलवार / Jul 01 , 2025 , Tuesday
२०८२ असार १७ गते मङ्गलवार
Ads

विपद्‍बाट नागरिक र सम्पत्तिको सुरक्षा गर्न सरकार तयारी अवस्थामा छ : गृहमन्त्री लेखक

shivam cement
मध्यान्ह
२०८२ असार १७ गते १५:२५
विपद्‍बाट नागरिक र सम्पत्तिको सुरक्षा गर्न सरकार तयारी अवस्थामा छ : गृहमन्त्री लेखक

काठमाडौं : गृहमन्त्री रमेश लेखकले विपद्जन्य क्षति हुनबाट रोक्न र विपद्पछि नागरिक र सम्पतीको सुरक्षा गर्न सरकार तयारी अवस्थामा रहेको बताएका छन् । मंगलबार सिंहदरबारमा विपद् प्रतिकार्यमा हवाई उद्धारका लागि निजी हेलिकप्टर प्रयोग सम्बन्धमा वायुसेवा सञ्चालक संघ र विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणबीच भएको सम्झौतापछि बोल्दै उनले यस्तो बताएका हुन् ।

नेपालमा विपद्को जोखिम उच्च रहेको र अहिले मनसुनको प्रारम्भिक चरणमा रहेको उनले बताए । उनले नेपालमा मनसुनजन्य विपद्ले धेरै ठूलो जनधनको क्षति हुने गरेको बताए । काठमाडौं उपत्यकाभित्र कुनैपनि ठाउँमा जोखिम उत्पन्न भए वायुसेवा सञ्चालक संघले हेलिकप्टरबाट निःशुल्क उद्धार गर्ने सम्झौता भएको उनले बताए ।

 रकार र वायु सेवा सञ्चालक संघबीच काठमाडौं उपत्यकामा विपद्जन्य जोखिम उत्पन्न भए निःशुल्क उद्धार गर्ने सम्झौता भएको हो । उपत्यका बाहिर भने वायुसेवा सञ्चालकहरुले आवश्यक परेको खण्डमा अपरेशन कस्ट लिएर उद्धार गर्ने समझदारी भएको छ । खोज र उद्धारमा संलग्न हुने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाललाई गृह मन्त्रालयले व्यवस्थापन गर्ने उनले बताए ।

ADV

सम्बन्धित खबर

Advertise