२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

जुम्लामा प्रहरीको सक्रियता : ठूलो मात्रामा सुन, चाँदीसहित चोरीको गरगहना बरामद

ADV
दिलमाया शाही
२०८१ असार २८ गते २१:०१
जुम्लामा प्रहरीको सक्रियता : ठूलो मात्रामा सुन, चाँदीसहित चोरीको गरगहना बरामद

जुम्ला : पछिल्लो समयमा जुम्ला प्रहरीले चोरी, डाँका लगायतका क्षेत्रमा सक्रियता बढाएको छ ।  

जुम्ला प्रहरीले डाँका, चोरी आरोपमा पक्राउ गरिएका व्यक्तिबाट अनुसन्धान गरी ठूलो मात्रामा सुन, चाँदी, मुगा,मोती सहितका गरगहना बरामत गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरीको विशेष अभियान अन्तर्गत मुगुमा हात हतियारसहित डाँका चोरीको घटनामा संलग्न व्यक्तिबाट साढे ३ तोला सुन, ६१.४२ तोला चाँदी, ४० थान मुगा, विभिन्न चाँदीको सिक्कासहित विभिन्न गरगहना बरामद गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक छेदीलाल कामतीका अनुसार मुगुको घटनामा हात हतियारसहित पक्राउ गरी पठाइएका व्यक्तिबाट थप अनुसन्धान गर्दा उक्त सामग्री भेटिएको हो । उक्त सामग्री गुठिचौर गाउँपालिका ३ स्थित घटनामा संलग्न व्यक्तिको घरबाट बरामद गरिएको उपरीक्षक कामतीले बताए । 

प्रहरीले मुगुको डाँका चोरी मुद्दाका पक्राउ प्रतिवादी पातारासी २ तल्फी घर भइ कालेखोली ग्यारेजमा काम गर्ने तुल कामी, गुठिचौर ३ बस्ने आक्रोस भण्डारीसहित ५ जना पक्राउ गरी मुगु प्रहरीलाई जिम्मा लगाएको छ । 

सोही समुहबाट हतियारहरु एसएल आर थान १, कटुवा पेस्तोल २ थान, एसएल आर म्यागजिन २ थान, एस एल आरको राउण्डको गोली २५ थान, वाईनाकुलर १ थान,चाइनिज  सेट ३, आर्मी कमब्याग पोसाक ५ जोर बरामद समेत गरिएको छ । 

त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाले पछिल्लो समय फरार अपराधी पनि धमाधम पक्राउ गर्न थालेको छ । विभिन्न अपराधमा फरार रहेका ४६ जना मध्ये २०८० साउनदेखि फागुनसम्म १६ जना प्रक्राउ गरिएको छ । जसमा  पछिल्लो ३ महिनामा ३० जना पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कामतीले  जानकारी दिए । 

त्यस्तै प्रहरीले लागुऔषध अभियान तीव्र बताएको छ । यस वर्षमा जुम्ला प्रहरीले लागुऔषध अन्तर्गत २४ जना व्यक्तिलाई पक्राउ गरी कारवाही चलाइएको छ भने १ सय ८७ ग्राम ६४८ एमजी चरेश, १० ग्राम १८७ एमजी बाउन सुगर, तथा ३० वटा नाइट्रोजेपाम ट्याब्लेट बरामत गरिएको छ । लागुऔषध सचेतना कार्यक्रम गरिँदै आएको प्रहरीले जनाएको छ । 
प्रहरीले आफुले गरेको नागरिक सुनुवाइ कार्यक्रममा सो विषयमा जानकारी गराएको थियो । प्रहरीले ४ सय २४ वटा सचेतनाका कार्यक्रम आयोजना गरिएको छ । प्रहरीका अनुसार चालु आवमा लागुऔषध दुव्र्यसनी विषयका मुद्दा १५ वटा जवरजस्ती करणी १२ वटा रहेका छन् । 

त्यस्तै प्रहरी नायव उपरीक्षक कामतीले जुम्ला प्रहरीले गरेको कामको प्रगति प्रस्तुत गर्दै यो आर्थिक वर्षमा जेठ महिनासम्म तीन हजार दुई सय ४९ वटा सवारी कारबाहीमा २२ लाख ३७ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको बताए । 

यसैगरी जिल्ला प्रहरीमा १ सय २५ वटा मुद्दा दर्ता भएका मध्ये ७५ वटा मुद्दा फच्र्छौट गरिएको छ । प्रहरीमा महिला सेलतर्फ निवेदन दर्ता संख्या ८१ मध्ये ५७ वटा निवेदन फछ्र्र्यौट भएका छन् । 

त्यस्तै १ सय ३८ हराएका मानिसहरु मध्ये १ सय ४ जना फेला परेका छन् । त्यस्तै छानविनका लागि ६ सय ६२ निवेदन दर्ता भएकाले ५ सय ५८ उजुरी फछ्र्यौैट भएका छन् । यस वर्ष जिल्लामा प्राकृतिक प्रकोपमा ५ मा घर पूर्ण क्षति भएका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise