२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

टोखामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न, ९५ जनाले लिए सेवा

shivam cement
२०८२ असार १७ गते १७:१९
Shares
टोखामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न, ९५ जनाले लिए सेवा

काठमाडौं : टोखा नगरपालिका–३, भूतखेलमा सोमबार बिहान आयोजित निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । मंगलबार सम्पन्न कार्यक्रममा ९५ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

कार्यक्रम भूतखेल जुम्बा योग परिवारको आयोजनामा तथा लायन्स/लियो क्लब अफ काठमाडौं नेपालय, प्रयासनगर, गुणकेश्वरी र शुभारम्भको प्रायोजनमा तथा लाइफ क्वेस्टको सहकार्यमा सम्पन्न भएको हो ।

बिहान ६ बजेबाट सुरु भएको कार्यक्रममा ब्लड सुगर, युरिक एसिड, क्रिएटिनिन, एसजीपीटी, टोटल कोलेस्टेरोल र ट्राइग्लिसराइड्स जस्ता परीक्षणहरू निःशुल्क गरिएको थियो ।

स्वास्थ्यप्रति चेतना फैलाउने र रोगको सुरुवाती अवस्था पहिचान गर्न यस्ता कार्यक्रमहरू प्रभावकारी हुने आयोजकहरूको भनाइ छ । कार्यक्रममा भूतखेल जुम्बा योग परिवारका संचालक बुद्ध श्रेष्ठ, अंकित सिलवाल, लालबहादुर रायमाझी, दिनेश सिटौला र भुवन श्रेष्ठ लगायतको सक्रिय भूमिका रहेको थियो ।

साथै, लायन्स डिस्ट्रिक्ट ३२५ का वरिष्ठ लिडरहरू लायन सुधीर शर्मा, मनकृष्ण श्रेष्ठ, अमित थापा, जोली सिलवाल, भाष्कर श्रेष्ठ, मधव लामिछाने, सबित्रा तामाङ, रिजन चेयरपर्सन लक्ष्मी शर्मा, लियो प्रेसिडेन्ट सुलभ थकाली, लायन तिर्थ घिमिरे, नेपालय क्लबका पीभीएसटी भुवन श्रेष्ठ, लक्ष्मण सिलवाल, प्रकाश श्रेष्ठ, गुणकेश्वरी क्लबकी अध्यक्ष अर्चना गौतम, लियो सदस्यहरू र भूतखेल जुम्बा परिवार तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको लयान्स क्लब अफ काठमाडौं नेपालयका अध्यक्ष तथा जुम्बा योग परिवारका संचालक भुवन श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित खबर