२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

३० उत्कृष्ट शिक्षक सम्मानित

Nada
२०८२ असार १७ गते १७:४५
Shares
३० उत्कृष्ट शिक्षक सम्मानित

सुर्खेत : कर्णालीका १० जिल्लाका ३० जना शिक्षकलाई सम्मान गरिएको छ । उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रम अन्तर्गत शिक्षा विकास निर्देशनालयद्वारा छनोट भएका ३० जना शिक्षकलाई सम्मान गरिएको हो । 

ncell

उत्कृष्ट शिक्षक छनोट मापदण्डका आधारमा शिक्षकलाई सम्मानित गरिएको सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए ।

‘प्रत्येक जिल्लाबाट माध्यमिक तह एक निम्नमाध्यमिक तह एक प्राथमिक तह एक गरी जम्मा तीन जना छनौट गर्नुपर्ने थियो,’ उनले भने, ‘जसमा कम्तीमा एक जना महिला अनिवार्य समावेश हुने गरी छनौट गर्नुपर्ने मापदण्ड बनाएका थियौँ ।’

प्रत्येक तह कक्षा ५, कक्षा ८,र एसइईको परीक्षामा उत्कृष्ट सिकाई उपलब्धि भएका र विगत ३ वर्षको शैक्षिक सत्र (०७९, ८० र ८१) सिकाई उपलब्धि उच्च भएको हुनुपर्ने र एउटै स्थानीय तह वाट एक मात्र पर्ने गरी सम्बन्धित विद्यालय, पालिका र शिक्षा विकास तथा समन्वय इकाई वाट प्रमाणित सिफारिस हुनुपर्ने मापदण्ड तोकिएको शिक्षा विकास निर्देशनालयले जनाएको छ । 

त्यस्तै, ५ वर्ष स्थायी सेवा अवधि भएको, राष्ट्रिय, प्रदेश र स्थानीय तहबाट शिक्षक प्रोत्साहनसँग सम्बन्धित कुनै पनि पुरस्कार तथा प्रोत्साहन प्राप्त नगरेको शिक्षकले स्व–घोषणा गरी विद्यालयको सिफारिस पत्रमा उल्लेख भएको हुनुपर्ने र शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ (संशोधन सहित) अनुसार कुनै पनि विभागीय सजाय नपाएको शिक्षक छनोट गरेर सम्मानित गरिएको निर्देशनालयले जनाएको छ  ।
 

ताजा खबर

सम्बन्धित खबर