२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

लुम्बिनी प्रदेशमा डेंगु संक्रमित बढे

ADV
क्षितिज किरण
२०८१ असार २८ गते २१:०२
लुम्बिनी प्रदेशमा डेंगु संक्रमित बढे

कपिलवस्तु : लुम्बिनी प्रदेशमा डेंगु संक्रमितको संख्या बढ्दै गएको छ । प्रदेशमा हालसम्म १ सय ७९ जनामा डेंगुको संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । जसअनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये पाल्पामा सबै भन्दा धेरै जनामा डेंगु संक्रमण देखिएको छ । 

पाल्पामा ६३ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस्तै सो अवधिमा रुपन्देहीमा ५० जनामा, बाँकेमा १९ जनामा, दाङमा १८ जनामा, अर्घाखाँचीमा १६ जनामा, बर्दियामा ७ जनामा, रोल्पा र प्युठानमा २÷२ जना, रुकुम पूर्वमा र कपिलवस्तुमा १र१ जनामा संक्रमण देखिएको छ ।

गुल्मी र पश्चिम नवलपरासीमा यो अवधिमा भेटिएको रेकर्ड प्रदेश स्वास्थ्य निर्देशनालयसँग छैन । प्रदेश स्वास्थ्य निर्देशनालय तथ्यांक अधिकृत मानबहादुर ओलीले यो सिजनमा हालसम्म १ सय ७९ जना भेटिएको र पछिल्लो समय वृद्धि हुँदै गएको बताए ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा फिजिसियन डाक्टर नन्दु पाठकले अहिले अस्पतालमा फाट् फुट् डेंगु रोगी आएको बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise