एजेन्सी : बलिउडका चर्चित अभिनेता दिलीप कुमारको निधन भएको छ । भारतीय समयानुसार बुधबार बिहान साढे सात बजे मुम्बईको खार हिंदुजा अस्पतालमा ९८ वर्षको उमेरमा उनको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । समाचारमा जनाइएअनुसार उनी लामो समयदेखि बिरामी थिए ।
उनले 'ज्वार भाटा' (१९४४), 'अंदाज' (१९४९), 'आन' (१९५२), 'देवदास' (१९५५), 'आजाद' (१९५५), 'मुगल-ए-आजम' (१९६०), 'गंगा जमुना' (१९६१), 'क्रान्ति' (१९९१), 'कर्मा' (१९८६) और 'सौदागर' (१९९१) समेतगरी ५० भन्दा बढी बलिउड फिल्ममा अभिनय गरेका छन् ।
उनले ८ पटक 'बेस्ट एक्टर' का रूपमा फिल्मफेयर अवार्ड पाएका थिए । यस्तै हिन्दी सिनेमामा सबैभन्दा ठूलो सम्मान मानिने 'दादा साहेब फाल्के अवार्ड'बाट पनि उनलाई सम्मानित गरिएको थियो । सन २०१५ मा भारत सरकारले उनलाई पद्म भूषण पनि दिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies