२०८२ असार १८ गते बुधवार / Jul 02 , 2025 , Wednesday
२०८२ असार १८ गते बुधवार
Ads

संविधानसभा सदस्य यादवको निधन

shivam cement
मध्यान्ह
२०८२ असार १८ गते ०९:०६
संविधानसभा सदस्य यादवको निधन

रौतहट : संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ ।

मधुमेह रोगबाट लामो समयदेखि पीडित यादवको वीरगन्ज हेल्थकेयर हस्पिटलमा उपचारका क्रममा बुधबार बिहान निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि हस्पिटलमा भर्ना गरिएको र बुधबार बिहान निधन भएको यादवका छोरा डा. जितेन्द्र यादवले बताए । यादवको अन्तिम संस्कार बुधबार दिउँसो १ बजे कबही गाउँमा गरिने उनले जानकारी दिए ।

उनका २ छोरा, २ छोरी र श्रीमती छन् । बाराको सुवर्ण गाउँपालिका-२ कवहीजगात गाउँ घर भएका यादवको ७२ वर्षको उमेरमा निधन भएको हो । 

२०७० सालको दोस्रो संविधानसभाका लागि बारा निर्वाचन क्षेत्र नम्बर १ बाट काँग्रेसबाट निर्वाचित भएका थिए । उनी कांग्रेसका पूर्व जिल्ला सचिव तथा महासमिति सदस्य थिए ।

ADV

सम्बन्धित खबर

Advertise