२०८२ असार १९ गते बिहिवार / Jul 03 , 2025 , Thursday
२०८२ असार १९ गते बिहिवार
Ads

विरोधबिच सुदूरपश्चिमको बजेट पारित

shivam cement
मध्यान्ह
२०८२ असार १८ गते १६:३७
विरोधबिच सुदूरपश्चिमको बजेट पारित

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ल्याएको बजेट बुधबार प्रदेश सभाले सर्वसम्मतिले पारित गरेको छ । यद्यपि बजेट पारित हुनुअघि सत्तारूढ गठबन्धनभित्रकै सांसदहरूले विरोध जनाएका थिए ।

बुधबारको प्रदेश सभा बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले बजेट पारितका लागि प्रस्ताव पेस गर्दै उठेका प्रश्नहरूको जवाफ दिएका थिए । मन्त्री थापाले ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । कुल बजेटमध्ये ५९.२५ प्रतिशत अर्थात् १९ अर्ब ८३ करोड रुपैयाँ पुँजीगत खर्चतर्फ र ३०.४९ प्रतिशत अर्थात् १० अर्ब २० करोड रुपैयाँ चालू खर्चतर्फ विनियोजन गरिएको छ ।

बजेटमाथिको छलफलका क्रममा सत्तारूढ नेकपा एमालेका सांसद धर्मराज पाठकले समेत बजेटमा ‘बदमासी’ भएको आरोप लगाउँदै छानबिन समिति गठनको माग गरेका थिए । 

उनले बजेटमार्फत् कमाउधन्दा चलिरहेको दाबी गर्दै भौतिक पूर्वाधार मन्त्रालयप्रति नैतिक प्रश्नसमेत उठाएका थिए । 

सुदूरपश्चिममा हाल एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा कांग्रेस नेतृत्वको सरकार छ भने माओवादी केन्द्र,एकीकृत समाजवादी,राप्रपा र स्वतन्त्र सांसदहरू विपक्षमा छन् । 
 

ADV

सम्बन्धित खबर

Advertise