२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

भोजपुर क्याम्पसलाई ६ लाखको स्मार्ट बोर्ड हस्तान्तरण

Nada
२०८२ असार १९ गते ०८:०५
Shares
भोजपुर क्याम्पसलाई ६ लाखको स्मार्ट बोर्ड हस्तान्तरण

भोजपुर : यहाँको रामप्रसादराई गाउँपालिकाले भोजपुर बहुमुखी क्याम्पसलाई तीनवटा स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । क्याम्पसमा प्रविधिमैत्री शिक्षणका लागि रु छ लाख लागतमा तीन वटा स्मार्ट बोर्ड उपलब्ध गराइएको हो । 

ncell

क्याम्पसको शिक्षण सिकाइलाई प्रविधिमैत्रीसँगै सहज बनाउन स्मार्ट बोर्ड हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। विभिन्न आर्थिक वर्षमा गरी क्याम्पसको शैक्षिक विकासमा टेवा पुर्‍याउन रु २७ लाख बराबरको आर्थिक सहयोग गरेको अध्यक्ष राईले जानकारी दिए ।

रामप्रसादराई गाउँपालिकाबाट विभिन्न आर्थिक वर्षमा गरी क्याम्पसमा अध्ययनरत २१७ जना विद्यार्थीको पठनपाठन शुल्कसमेत गाउँपालिकाले उपलब्ध गराएको जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर