काठमाडौं : पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् ।
उनी बिहान ९ बजे अदालत पुगेका हुन् । पाठकको आज बयान हुनेछ भने बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ ।
उनीविरुद्ध गत असार १६ मा विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसूरमा साइबर ब्यूरोले मुद्दा दर्ता गरेको थियो । युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले पाठकविरुद्ध १६ असारमा मुद्दा दायर गरेको हो ।
हिल्टन होटलसँग सम्बन्धित भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई जाडेको भन्दै उनीविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो ।