२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

हिमा गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास

ADV
दिलमाया शाही
२०८१ असार २८ गते २१:५३
हिमा गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास

जुम्ला : हिमा गाउँपालिका जुम्लाले लामो समयपछि आफ्नो प्रशासनिक भवन शिलान्यास गरेको छ । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही र नेपाली कांग्रेसका पूर्वसभापति दिपबहादुर शाहीले एक कार्यक्रमका बीचमा भवनको शिलान्यास गरेका हुन् । प्रशासनिक भवन शिलान्यास भएपछि अब हिमा गाउँपालिकाको स्थायी केन्द्र बाजागाँडामा पक्का भएको छ ।

लामो समयदेखि जुगाँडमा रहेको  सो केन्द्र हिमा गाउँपालिकाको बीच सेन्टरमा नभएका कारण जग्गाको खोजी समेत भएको थियो । गाउँपालिकाले सो क्षेत्रमा करिब ३९ सय मिटर जग्गा गाउँपालिकाको नाममा दर्ता गरिएको थियो । गाउँपालिका अध्यक्ष लक्ष्मण  बहादुर शाहीका अनुसार हिमा गाउँपालिका ५ निवासी स्थानीय दानबहादुर शाहीले तीन हजार एक सय र दलविर शाहीले आठ सय वर्गमिटर जग्गा गाउँपालिकालाई निःशुल्क प्रदान गरेका हुन् ।

गाउँपालिका अध्यक्ष शाहीले १२ औँ गाउँसभामा ऐतिहासिक निर्णय गरेर बाजागाडा स्थायी केन्द्र तोकिएपनि कार्यान्वयन हुने नहुने डर थियो । गाउँपालिका उपाध्यक्ष सुपर्ना शाहीले जग्गाकै लागि अदालत धाउँदै अगाडि बढेको भन्दै संघर्ष लामो भएको बताइन्  ।

अध्यक्ष शाहीले प्रशासनिक भवन निर्माणका लागि बनाएको कार्यविधि अनुसार भवन अगाडि बढाइएको बताए  । उनले  भवनको लगानी ६० प्रतिशत नेपाल सरकार र ४० प्रतिशत हिमा गाउँपालिका लगानीमा प्रशासनिक भवन निर्माण हुने बताए । गाउँपालिकाको भवन अपांगतामैत्री, बालमैत्री बनाइने प्रतिबद्धता  गरिएको छ ।

भवन शिलान्यास भएपछि अब हिमा गाउँपालिकाले स्थायी संरचनाको बाटो खुल्ने भएको छ । १० करोड बराबरको लगानीमा सो भवन निर्माण हुने भएको छ । कार्यक्रममा नेपाली कांग्रेस जुम्लाका पूर्वसभापति दिपबहादुर शाहीले गाउँपालिकाको स्थायी संरचना निर्माण गर्नका लागि गाउँपालिकाले गरेको दुःखको प्रशंसा गर्दै यो अभियानमा लाग्ने जग्गादातादेखि सबैलाई विशेष धन्यवाद दिए । 

ADVADV

सम्बन्धित खबर

Advertise