सहबान अन्सारी/मध्यान्ह
नवलपरासी : नवलपरासीमा लागूऔषधसहित १ युवक पक्राउ परेका छन् ।
शुक्रबार इलाका प्रहरी कार्यालय बर्दघाट र प्रहरी चौकी गोवरहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले सरावल गाँउपालिका वडा नं. ३ पिपरामौवास्थित अन टेस्ट अपाचे मोटरसाइकललाई रोकी चेकजाँचका क्रममा मोटरसाइकलको लेगगार्डमा झुन्डाई ल्याएको बोराको झोलाभित्र आलुसँगै लुकाई छिपाई राखेको लागूऔषध बरामद गरिएको हो ।
युवकको साथबाट नुफिन ३२० एम्पुल, फेनारागन ३२० एम्पुल र डाईजापाम ३२० एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मोटरसाइकल चालक सरावल गाँउपालिका वडा नं.३ बड्सारे बस्ने २२ वर्षीय शिव चन्द कोइरीलाई आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
यसैगरी प्रहरीले ९४ हजार ७ सय मुल्य बराबरको सामान नियन्त्रणमा लिएको छ ।
सरावल गाउँपालिका वडा नं. ७ बुलन्दपुरमा भारतबाट नेपालतर्फ अबैधरुपमा ल्याउँदै गरेको विभिन्न मोबाइल तथा मोबाइलका पार्टपुर्जा सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
उक्त सामान मोटरसाइकलमा राखि ल्याउँदै गर्दा प्रहरी टोलीलाईदेखि सामान फालेर मोटरसाइकलसहित उक्त व्यक्ति भागेका थिए । नियन्त्रणमा लिएको सामानहरु महेशपुर भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies