२०८२ असार २० गते शुक्रवार / Jul 04 , 2025 , Friday
२०८२ असार २० गते शुक्रवार
Ads

ढुंगाले लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

shivam cement
मध्यान्ह
२०८२ असार २० गते ०७:२२
ढुंगाले लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

सुर्खेत : जाजरकोटको कुशे गाउँपालिका-३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुंगाले लागेर मृत्यु भएको छ ।

बिहीबार बेलुकी ९:०० बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र उनकी बहिनी १४ वर्षीया चमेलीको मृत्यु भएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए । 

नरबहादुर बुढाकी दुई छोरी बाख्रा हेरचाहका लागि भूकम्प प्रभावितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेको समयमा माथिबाट ढुंगा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बुढाले जानकारी दिए ।

घटनास्थलमा प्रहरी पुगिसकेको छ। घटनबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको बताएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise