बुटवल: बुटवलमा प्रहरीले २८ किलो लागुऔषध चरेससहित २ जनालाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका ११ देवीनगरस्थित नमस्ते पथबाट बाग्लुङ बढिगाउँ गाउँपालिका ८ निवासी ३६ वर्षीय रोहित राना र सोही ठाउँ निवासी ६३ वर्षीय जीवन पुनलाई प्रहरीले पक्राउ गरेको हो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोली र रुपन्देहीको टोलीले लागुऔषध चरेससहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ ।
प्रहरीले उनीहरुबाट लु २५ प ६५४४ नम्बरको स्कुटर समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेकालाई ईलाका प्रहरी कार्यालय बुटवलमा राखी थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies