२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

गिडीदह प्रगति प्रतिवेदन : धर्मशालादेखि तालको नापजाँचसम्म

ADV
दिलमाया शाही
२०८१ असार २९ गते २१:१७
गिडीदह प्रगति प्रतिवेदन : धर्मशालादेखि तालको नापजाँचसम्म

जुम्ला : तातोपानी गाउँपालिकाले गिडीदह सम्मेलनको दुई वर्षको अवधिमा भएका गतिविधि र प्रगति सार्वजनिक गरेको छ । गाउँपालिका जुम्लाको वडा नं ४ मा पर्ने गिडीदह पर्यटकीय तथा धार्मिक गन्तव्य मानिर्दै आएको छ । दुई वर्षको अवधिमा तलको नाप जाँचदेखि धर्मशाला निर्माण पदमार्ग सम्मका काम भएका छन् ।

तलको लम्बाई, १५१० मिटर चौडाई, ३१० मिटर, गहिराइ, ४२.८ मिटर रहेकोे तातोपानी ४ का वडाध्यक्ष अमरबहादुर रोकायाले बताए ।

उनका अनुसार दुई वर्षको अवधिमा सातवटा महत्वपूर्ण कामहरु  भएका छन् ।  पहिलो पटक २०७९ असोज ४ देखि ६ गतेसम्म गिडीदह सम्मेलन, तालको नापजाँच प्रतिवेदन सार्वजनिक, पदमार्ग निर्माण, गिडीदह प्रवद्र्धन कार्यक्रम, गिडीदह, भलखोला, फुलच्याउले लामाचौर जाने सडकको डिपिआर, वातारणीय प्रभाव मुल्यांकन र गिडीदहलमा धर्मशाला निर्माण भएको उनको भनाइ छ । वडाध्यक्ष रोकायाले आगामी दिनमा हाँकुमा ४५ मिटर लामो पक्की पुल निर्माण गर्ने, पाण्डेवाडा गिडीखोला नदीमा ३० मिटर बेलिवृज निर्माण गर्ने, ऐरेनीदेखि भलखोला फुलच्याउले लामाचौरसम्मको २० किलोमिटरको सडक निर्माण गर्ने, फुलच्याउले लामाचौर पाटन क्षेत्रमा स्वच्छ खानेपानीको व्यवस्था गर्ने, फुलच्याउलेमा सुविधायुक्त धर्मशाला निर्माण गर्ने, सञ्चार सुविधाका लागि मोवाइल टावर र इन्टरनेटको व्यवस्था गर्ने र सकेसम्म गिडीदहमा भ्युटावर निर्माण गर्दा भविष्यमा पर्यटक भित्र्याउन सहज हुने बताए । 

त्यस्तै तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईंले तातोपानीको एक उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने र पर्यटनको संख्यामा वृद्धि गर्ने योजना रहेको बताए । 

गिडीदहलाई जुम्ला जिल्लाकै पहिलो पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने वडाको योजना रहेको छ । अध्यक्ष चौलागाईंले जुम्लाको पत्रकारहरुले गर्दा गिडीदहको प्रचार–प्रसारण भएको दाबी गरे । उपाध्यक्ष रेवती रावल (सिमाले) तातोपानीको समृद्धिसँग गिडीदह जोडिएको बताइन् । 

उनले तातोपनी गाउँपालिकाले गरेको राम्रो कामको प्रशंसा र गलत कामको खवरदारी गर्न पत्रकारहरुलाई अनुरोध गरिन् । उनले स्थानीय सरकार गिडीदहको संरक्षण र प्रवद्र्धनमा लागि परेको बताइन् । 

गिडीदहबाटै तातोपानी गाउँपालिका भित्रका नागरिकको जीवनशैली परिवर्तन गर्न सकिने उनको दावी छ । त्यस्तै तातोपानीका प्रमुख प्रशासकीय अधिकृत  तिर्थ बहादुर कठायतले गिडीदहको प्रचारले गर्दा तातोपानी गाउँपालिकाको नाम बढी चर्चामा आएको बताए । 

जुम्लाकै उत्कृष्ट पर्यटकीय क्षेत्रका रुपमा गिडीदहलाई विकास  गर्न सकिन्छ । उनले जुम्लाको मात्रै नभइ देशकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा गिडीदहको विकास गर्नुपर्ने आवश्यकता रहेको बताए । 

त्यस्तै प्रगति सार्वजनिक कार्यक्रममा गिडीदहको लागि भएको खर्च समेत सार्वजनिक गरिएको छ । व्यवस्थापनमा ३ लाख ७५ हजार र भिडियो डकुमेन्ट्रिमा २५ हजार खर्च भएको बताइएको छ । गिडीदहको काठमाडौं विश्वविद्यालयले गरेको अध्ययन  गरेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise