२०८२ साउन २ गते शुक्रवार / Jul 18 , 2025 , Friday
२०८२ साउन २ गते शुक्रवार
Ads

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

shivam cement
मध्यान्ह
२०८२ साउन २ गते १२:२५
३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

काठमाडौं : स्वास्थ्य बीमा गरेका व्यक्तिले ३७७ अस्पतालबाट प्रथम सेवाको उपचार गर्न पाउने भएका छन् । यही साउनदेखि प्रथम सेवा विन्दुका लागि स्वास्थ्य बीमा बोर्डमा सूचीकृत भएका अस्पतालबाट सेवा पाउने बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए । 

यसअघि बोर्डले तोकेको स्वास्थ्य संस्थामा गएर प्रथम सेवा बिन्दुबाट मात्रै प्रथम सेवा लिनुपर्ने व्यवस्था रहेको थियो । 

“अब झापाको बीमितले कञ्चनपुरमा रहेको प्रथम सेवा विन्दुका लागि सूचीकृत भएको स्वास्थ्य संस्थाबाट उपचार पाउनेछन्”, उनले भने, “प्रथम सेवा बिन्दुमा गएर उपचार गर्ने व्यवस्थालाई खुला गरिएको हो ।” ती प्रथम सेवा बिन्दुमा उपचार गरेपछि प्रेषण केन्द्र (रिफरल) अस्पतालमा गएर उपचार बीमितले पाउनेछन् ।

देशभरि बोर्डमा प्रथम सेवा विन्दु ३७७ वटा स्वास्थ्य संस्था र रिफरल स्वास्थ्य संस्था ९८ वटा रहेका छन् । बोर्डले संघीय अस्पताल, विशेषज्ञ अस्पताल, विशिष्टीकृत अस्पताल र प्रतिष्ठानलाई प्रेषण केन्द्रका रुपमा राखेको छ । 

बोर्डमा हाल ९४ लाख बीमित आबद्ध छन् । यस्तै, बोर्डले प्रत्येक स्थानीय तहमा एक/एक वटा प्रथम सेवा बिन्दु स्वास्थ्य संस्था राख्न अनुरोध गरेको छ ।

बोर्डका सूचना अधिकारी मल्लले स्थानीय तहअन्तर्गतका कुन-कुन सेवा प्रदायक स्वास्थ्य संस्थामा स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु आवश्यक पर्ने हो सोको जानकारी गराउन आग्रह गरे ।

सरकारले २०७२ साल कैलालीबाट सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकलाई उपचार सेवा पुर्‍याउँदै आएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise