२०८१ पुष ८ गते सोमवार / Dec 23 , 2024 , Monday
२०८१ पुष ८ गते सोमवार

पुष्पलालको विचार र अहिलेको सन्दर्भ

ADV
२०८१ साउन १ गते ०६:२५
पुष्पलालको विचार र अहिलेको सन्दर्भ

–शम्भु कट्टेल

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्ठले आफ्ना सबैजसो विचारहरू मध्ये कुनै सम्मेलनबाट पारित दस्ताबेजको रूपमा त कुनै नेपाल कम्युनिस्ट पार्टीका प्रकाशनमार्फत राखेका थिए । उनको अगुवाइमा प्रकाशित सामाग्रीहरू भएकाले त्यसमा व्यक्त विचारहरू उनका साथै नेकपाको विचारभन्दा अत्युक्ति नहोला । उनका ती विचारहरू अहिले पनि उत्तिकै सान्दर्भिक देखिन्छन् । जसमाथि छलफल गर्नु आवश्यक ठानिएको छ ।

वर्तमान नेपालको सन्दर्भमा नेपाली कम्युनिस्टहरूले स्थापना गर्नुपर्ने अर्थात सामाजिक न्याय दिने राजनीतिक व्यवस्था राजनेता माओद्वारा प्रस्तुत नयाँ जनवाद नै हो । नयाँ जनवादपछि स्थापना गर्नुपर्ने राजनीतिक व्यवस्था वैज्ञानिक समाजवाद हो र त्यसपछि साम्यवादतर्फ अघि बढ्नु पर्छ । जसबारे पुष्पलालले स्पष्टरूपमा आफ्ना विचारमार्फत दिशा बोध गराएका छन् । 

क्रान्तिहरू हासिल गर्ने मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद, माओ विचार/माओवाद हुनुपर्छ (पुष्पलाल जीवित रहँदासम्म सबैले माओ विचार भन्ने शब्द प्रयोग गर्थे) जसले न्याय, शान्ति, समृद्धि सुसंस्कृत आदिबारे वैज्ञानिक धारणा राख्दछ ।

यी राजनीतिक व्यवस्था स्थापना गर्ने बाटो पुरानो राजनीतिक व्यवस्था मातहतको चुनावी बाटो (सांसदवाद) नभएर वर्ग संघर्ष र वर्ग सत्ता (गरिब किसान मजदुरको नेतृत्वमा सञ्चालित स्थानीय तह देखिकै जनसंघर्ष/जनआन्दोलन र जनसत्ता) नै हुनुपर्छ । संसद्/संविधान/कानुनी सुधार जस्ता माथिबाट सुधार गर्दै तल सुधार गर्ने चुनावी बाटो सहायक मात्र हुन सक्दछ । सहरी र ग्रामीण, कानुनी र गैर–कानुनी, शान्तिपूर्ण जनआन्दोलन र सशस्त्र जनआन्दोलन दुवै पक्ष जरुरी र सन्तुलित हुनुपर्ने भए पनि नयाँ जनवादी क्रान्ति मूलतः कृषि क्रान्ति भएकोले यसको प्रधान पक्ष ग्रामीण, दीर्घकालीन र जनताको बल  प्रयोग नै हुन जान्छ । जसलाई सुस्पष्टरूपमा पुष्पलालले व्याख्या गरेका छन् ।

नयाँ जनवादी क्रान्ति गर्न क्रान्तिकारी भूमिसुधार (भूमिको मालिक भूमिमा काम गर्ने मजदुर किसान हुने पद्धति)सहितको कृषि क्रान्ति नै गर्नुपर्छ, आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्छ । यो राजनीतिक सत्ताको लागि तलैबाट गरिब किसान मजदुरको नेतृत्वको संयुक्त जनसत्ता स्थापना गरेर अघि बढ्नुपर्छ । स्वदेशी शोषक सामन्त, लूट मच्चाउने नेता तथा तथा नोकर शाहहरूको मिलेमतोको राज्यसत्तालाई विदेशी हैकम (साम्राज्यवाद) कके समेत आड दिएर टिकाउने भएर ती तिनीहरूसँग समेत लड्न पर्नाले अपवादमा बाहेक जनताले बलपूर्वक वा सशस्त्र संघर्षद्वारा राज्यसत्ता कब्जा गर्नुपर्ने हुन्छ । अहिलेका केहीले अस्वीकार गरे पनि यथार्थ यही हो ।

गरिब किसान मजदुरको नेतृत्वको संयुक्त जनसत्ताको लागि पार्टी एकताले मात्र पुग्दैन, जनवर्गहरूबिच पनि संयुक्त मोर्चा बनाउनु पर्छ जुन कृषि, उद्योग, सेवा क्षेत्र सबै ठाउँमा उत्पादनमुखी साझा आन्दोलनको उठानबाट सम्भव हुन्छ । प्रधान दुस्मनको विरुद्ध लड्न तयार हुने सहायक दुस्मनहरूलाई छोटो समयको सहकार्य (कार्यगत एकता)मा ल्याउनुपर्छ र सच्चा जनवादी व्यक्ति वा समूहहरूलाई लामो समयको संयुक्त मोर्चामा ल्याउनु पर्छ ।

यो क्रान्ति सम्भव बनाउन देशभित्रका जनताका छोरा रहेका सुरक्षाकर्मी, सेना, कर्मचारीतन्त्र, उद्योग व्यवसायी, व्यापारी, बुद्धिजीवी आदिको हिस्सालाई हात लिएर प्रमुख लुटाहा जमातलाई हराउनुको साथै ती लुटाहाहरूका विदेशी संरक्षकहरूलाई समेत हराउन तिनीहरूको विरुद्ध न्याय प्रेमी तथा क्रान्तिकारीहरूको अन्ताराष्ट्रिय ऐक्यबद्धता समेत निर्माण गर्नुपर्छ ।

यी क्रान्तिहरू सम्पन्न गर्नुका साथै टिकाउन जनचेतना साथै आर्थिक संरचना र प्रशासनिक संरचना संस्थागत रूपमै अर्थात् संवैधानिक रूपबाटै बदल्नु पर्छ । यस्तो परिवर्तनको लागि त्यागी, गरिब वर्ग प्रति इमानदार, परिवर्तनको मार्ग चित्र प्रष्ट बुझेको, गरिब जनतासँग एकाकार भएर काम गर्ने नेता तथा कार्यकर्ता भएको राजनीतिक  पार्टी आवश्यक हुन्छ भन्ने कुरा पुष्पलालले स्पष्ट रूपमा राखेका थिए । जुन वर्तमान समयको निम्ति पनि उत्तिकै आवश्यकता देखिन्छ । 

पुष्पलालले तत्कालीन समय नेपाली काँग्रेससँगको एकतामा जोड दिएको विषयलाई धेरैले अझैसम्म बङ्ग्याएको पाइन्छ । तत्कालीन समय निरङ्कुश राजतन्त्रको विरुद्ध काँग्रेससँग सहकार्य गर्नु अनिवार्य थियो । उनी कार्यसँग एकता होइन, निरङ्कुश राजतन्त्रको उन्मुलन चाहन्थे । अवसरवादी कार्यकर्ताहरूले त्यो कुरोलाई बङ्ग्याएर नेपाली काँग्रेससँग एकताको चर्चा फैलाएर पुष्पलाललाई विवादित बनाउन खोजे । भारतमा बसेर राजनीति गरे, आत्मसुरक्षावादी भए भन्ने प्रचार पनि भएको पाइन्छ । उनी खास पञ्चायत आए पछि भारत बसेका थिए । अरु नेताहरू नेपालमा भूमिगत रूपमा रहन मिल्दा उनलाई पनि मिल्थ्यो, यो उनको कमजोरी देखिन्छ । नेपालमै बसेको भए उनी आफ्नै जीवनकालमा जनसंघर्षहरूलाई अघि बढाउन असफल रहे भन्ने आलोचना पनि हुँदैनथ्यो ।

ADVADV

सम्बन्धित खबर

Advertise