काठमाडौं : नेपाल क्रिकेट संघ ‘क्यान’ले नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सोमबार सार्वजनिक गरेको छ । आदर्श पोखरेलले डिजाइन गरेको जर्सी अन्तिम छनोटमा परेको हो ।
पाँच सय बढी डिजाइन मध्ये क्यान सदस्य छुम्बी लामा, महाप्रबन्धक रौनक मल्ल, म्यानेजर विनोद दास र प्रायोजकका प्रतिनिधीसहितको टोलीले डिजाईन छनोट गरेको हो ।
जर्सीको डिजाइनका लागि पोखरेललाई नगद एक लाख रुपैयाँ प्रदान गरिएको छ । नयाँ जर्सी नेपाली क्रिकेट टिमले ओमान भ्रमणको दौरान लगाउनेछ ।
गत जेठ अन्तिममा नेपाल क्रिकेट संघ क्यान र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर एमएसटीले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नका लागि आह्वान गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies