२०८२ भदौ १ गते आइतवार / Aug 17 , 2025 , Sunday
२०८२ भदौ १ गते आइतवार
Ads

देउवापार गाइजद्वारा तिज गीत प्रतियोगिता सम्पन्न

shivam cement
प्रदीप ज्ञवाली
२०८२ साउन ३१ गते २१:२९
देउवापार गाइजद्वारा तिज गीत प्रतियोगिता सम्पन्न

सैनामैना : सैनामैना–७ देउवापारमा रहेको देउवापार गाइजले वडा स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा वडा भित्रका १० वटा समूह तथा संस्थाहरूले प्रस्तुति दिएका थिए ।

प्रतियोगितामा महालक्ष्मी कृषि समूह प्रथम, दुर्गा महिला समूह द्वितीय, र बहुलक्ष्मी आमा समूह तृतीय भएका छन् । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष राजकुमार चौधरीले क्लबको सक्रियतालाई धन्यवाद दिँदै प्रतियोगितामा प्रस्तुत गीतहरूले उठाएका विषय सान्दर्भिक रहेको बताए । उनले नेपाल कला–संस्कृतिमा धनी भएकोले यसलाई संरक्षण गर्नु आवश्यक रहेको र अर्को वर्ष यस्तै भव्य कार्यक्रम वडाको आयोजनामा गरिने जानकारी दिए ।

समाजसेवी टिकाराम उप्रेतीले तीज गीतमा महिलाका कुरा समेटिनुपर्ने बताए । निवर्तमान कार्यपालिका सदस्य देवी कार्कीले तीज पर्व महिलाहरूले सुख–दुःख साटासाट गर्ने अवसर भएको बताइन् । लायन्स क्लब सैनामैना मलमलाका अध्यक्ष जीवन घिमिरेले तीज गीतले नेपाली संस्कृतिको चित्रण गरेको बताए । पत्रकार रमेश गैरेले गीतमा व्यक्त भएका विषय सम्बन्धित निकायले सम्बोधन गर्नुपर्ने सुझाव दिएका थिए । 

कार्यक्रममा कलाकार अमृत सुनारको सांगीतिक प्रस्तुति रहेको थियो, जसले अतिथि तथा दर्शकहरूलाई नचाएका थिए । कार्यक्रम क्लबका अध्यक्ष विशाल पौडेलको अध्यक्षता, वडाध्यक्ष राजकुमार चौधरीको प्रमुख आतिथ्यता, विभिन्न संघसंस्था तथा सहयोगी दाताहरूको आतिथ्यता रहेको थियो । संयोजक शोभा थापाले स्वागत मन्तव्य राखेको कार्यक्रममा क्लबका सचिव आर्यन घिमिरेको सञ्चालन गरेका थिए । 

ADV

सम्बन्धित खबर

Advertise