काठमाडौं : ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङले ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले गोरे भनिने चूडामणि उप्रेती, मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाएको हो ।
यस्तै, राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको छ । सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी गोरेलाई अपहरण तथा शरीर बन्धकमा पनि सजाय गरिएको छ ।
फरार रहेका २२ अभियुक्तको मुद्दा मुल्तबीमा राखिएको छ । प्रकरणमा मुछिएका अन्य आरोपीलाई भने अदालतले सफाइ दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies