२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

शिक्षामा विद्याको क्यालेन्डर : प्राथमिकतामा शिक्षण प्रणालीमा सुधार र निःशुल्क शिक्षा

ADV
मुकुन्द लामिछाने
२०८१ साउन ४ गते ०६:५०
शिक्षामा विद्याको क्यालेन्डर : प्राथमिकतामा शिक्षण प्रणालीमा सुधार र निःशुल्क शिक्षा

काठमाडौं : नवनियुक्त शिक्षामन्त्री विद्या भट्टराईले क्यालेन्डर नै बनाएर काम गर्ने बताएकी छन् । उनका अनुसार समय नै तोकेर काम गर्ने गरी प्राथमिकताहरू तय गरेकी छन् । प्रारम्भिक मन्त्रालयको क्यालेन्डर अनुसार १५ दिनमा शिक्षण प्रणाली पुनरावलोकन र एक महिना भित्र निःशुल्क शिक्षाको खाका बनाउने लक्ष्य मन्त्री भट्टराईले लिएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समय तोकेर कति समयमा के काम गर्ने हो र के कति लक्ष्य हासिल भयो भन्ने रेकर्ड दिने गरी काम गर्न मन्त्रीलाई निर्देश गरेका छन् । प्रधानमन्त्रीको स्पिरिट समेतलाई ध्यान दिएर आफूले क्यालेन्डर नै बनाएर काम गर्न लागेको नवनियुक्त शिक्षा मन्त्री भट्टराई बताउँछिन् । 

शिक्षण प्रणाली र परीक्षाको मुल्यांकन प्रणालीमा पुनरावलोकन गर्ने सम्बन्धमा ‘१५ दिनभित्र केही नतिजा दिने गरी काम गर्ने’ शिक्षामन्त्री भट्टराईको प्रतिवद्धता छ । आफू योजना नै बनाएर अगाडि बढ्न खोजेको उनले सुनाइन् । नतिजामुखी भएर काम गर्ने प्रतिवद्धता जनाइन् ।

‘हाम्रा समस्याहरु थुप्रै छन् । तत्काल गर्नुपर्ने के हो ? दीर्घकालीन रुपमा गर्नुपर्ने के हो भनेर प्राथमिकता सेट गरेर जानुपर्छ’, मन्त्री भट्टराईले प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भनिन् ।

‘शिक्षा मन्त्रालयको मुल दायीत्व भनेको शिक्षासँग सम्बन्धित छ । चाहे उच्च शिक्षा भनौं चाहे विशेष शिक्षा । विद्यालय शिक्षा । शिक्षाका जति पनि तहहरु छन् त्यसमा शिक्षा मन्त्रालयले पूर्ण दायीत्व लिनुपर्छ’ उनले भनेकी छन् ।

हालै सार्वजनिक एसईईको नजितालाई लिएर थुप्रै प्रश्न उठेको छ । यसम सुधारका लागिसमेत शिक्षण प्रणाली र परीक्षाको मुल्यांकन प्रणालीमा पुनरावलोकनआवश्यक रहेको उनको तर्क छ । उनी थप्छिन्, ‘एसईईको नतिजा प्रारम्भिक तहदेखिकै निरन्तरता हो । हामीले एक देखि पाँचसम्म कसरी पढायौं ? आठसम्म कसरी पढायौं ? कुन खालको शिक्षण सिकाई छ ? यसको नतिजा एसईई हो ।’

यो बुझाइ आफ्नो मन्त्री हुनु अगाडिदेखिकै रहेको र प्रतिनिधि सभामा पनि पटक–पटक उठाएको उनले स्मरण गरिन् । ‘ओभर अल हाम्रो आजको शिक्षण प्रणाली छ त्यसमा हामीले रिभ्यू गर्न जरुरी छ’ उनले भनिन्, ‘मुल्यांकन प्रणालीलाई पनि कसरी पुनरावलोकन गर्ने भन्ने सवालमा पाठ्यक्रम र परीक्षासँग मन्त्रालयको सिंगो टिमसहित छलफल गर्दैछौं ।’

शिक्षण प्रणाली र परीक्षाको मुल्यांकन प्रणालीमा पुनरावलोकन गर्ने सम्बन्धमा ‘१५ दिनभित्र केही नतिजा दिने गरी काम गर्ने’ शिक्षामन्त्री भट्टराईको प्रतिवद्धता छ ।

मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै मन्त्री भट्टराईले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनको खाका बनाउन लागेकी छन् ।

‘हामीसँग अनिवार्य र निशुल्क शिक्षा ऐन छ । अब अनिवार्य र निशुल्क शिक्षा ऐनलाई कसरी कार्यान्वयन गर्ने भन्ने कुराको खाका बनाउनुपर्छ’ भट्टराईले भनिन् ।  मन्त्री भट्टराईका अनुसार यसको खाका एक महिनाभित्र बनाउने लक्ष्य लिइएको छ ।

नेपाली कांग्रेस र नेकपा एमाले समेतको सत्ता समीकरण बनेपछि भट्टराईले यही गत असार ३१ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्व पाएकी हुन् । यसबीचमा हुने मन्त्रालयभित्र हुने पहिलो चरणको बिफ्रिङ सकाएकी छन् । मानव स्रोत विभाग, विश्व विद्यालय अनुदान आयोग, पाठ्यक्रम विकास केन्द्रसँग अन्तरक्रिया सकेकी छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise