२०८२ भदौ १६ गते सोमवार / Sep 01 , 2025 , Monday
२०८२ भदौ १६ गते सोमवार
Ads

सीमा क्षेत्रमा प्लान्ट क्वारेन्टिन राख्न रौतहट उद्योग वाणिज्य संघको माग

shivam cement
धर्मेन्द्रकुमार साह
२०८२ भदौ १६ गते १३:५४
सीमा क्षेत्रमा प्लान्ट क्वारेन्टिन राख्न रौतहट उद्योग वाणिज्य संघको माग

रौतहट : रौतहट उद्योग वाणिज्य संघले गौरमा प्लान्ट क्वारेन्टिन स्थापना गर्न माग गरेको छ । गृहमन्त्री रमेश लेखकलाई भेटेर उद्योग वाणिज्य संघ रौतहटका अध्यक्ष रवि यादवले गौरमा प्लान्ट क्वारेन्टिन स्थापना गर्न आग्रह गरेको हो ।

वीरगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष यादवले प्लान्ट क्वारेन्टिन स्थापनाका लागि ध्यानाकर्षण गराएका हुन् । प्लान्ट क्वारेन्टिनको स्थापनापछि गौर भन्सारबाट पनि खाद्य पदार्थ ल्याउन सकिने र यसले गौर र रौतहटको विकासमा टेवा पुग्ने उनले बताए ।

'प्लान्ट क्वारेन्टिन स्थापनापछि मात्रै गौर भन्सारको विस्तारको सम्भावना छ । खाद्य पदार्थ, तरकारीलगायतका सामग्रीहरुको निकासी पैठारीका लागि पनि प्लान्ट क्वारेन्टिन अनिवार्य हो । गृहमन्त्रीलाई ध्यानाकर्ष्ण गराएको छु,' अध्यक्ष यादवले भने ।

सोक्रममा गृहमन्त्री लेखकले सकारात्मक जवाफ दिएको र महासंघको एक टोलीलाई काठमाडौं आएर कृषि मन्त्रालयसँग बैठक बस्न आग्रह गर्दै आफूले त्यसमा सहजीकरण गर्ने जवाफ दिएको अध्यक्ष यादवले बताए ।

साथै अध्यक्ष यादवले गौर भन्सार हुँदै प्रहरीकै संरक्षणमै तस्करी हुने, तर पछि व्यापारीहरुको घरमा छापामारी गर्ने प्रवृति बढ्दै गएकोमा आक्रोश व्यक्त गरे ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise