२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

सूर्य नेपालले भन्यो, ‘बिजुलीको बक्यौता तिरिसकेका छौं’

shivam cement
२०८२ असोज १ गते २१:१३
Shares
सूर्य नेपालले भन्यो, ‘बिजुलीको बक्यौता तिरिसकेका छौं’

काठमाडौं : सूर्य नेपाल प्रालिले ट्रंक लाइन उपयोगबापतको नेपाल विद्युत् प्राधिरकरणलाई बुझाउनुपर्ने बक्यौता बुझाइसकेको जनाएको छ । 

विगतमा लोडसेडिङको अवधिमा ट्रंक लाइनमार्फत बिजुलीको प्रयोगका लागि तिर्नुपर्ने अतिरिक्त महसुलसम्बन्धी सामाजिक सञ्जालमा प्रसारित सामग्रीप्रति ध्यानाकर्षण भएको भन्दै कम्पनीले प्राधिकरणको निर्देशनअनुसार सबै बक्यौता पहिले नै भुक्तानी गरेको विज्ञप्तिमार्फत जनाएको हो ।

सूर्य नेपालले कम्पनीले तिर्नुपर्नेभन्दा बढी रकम भुक्तानी गरेको समेत विज्ञप्तिमा उल्लेख गरेको छ । साथै, सूर्य नेपाल, सबै प्रचलित कानुन, नियम र नेपाल सरकार र सम्बद्ध निकायका निर्देशनहरूको पालना गर्न कम्पनी पूर्ण रूपमा प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ । 

सूर्य नेपालले भनेको छ, ‘कम्पनीले उल्लेखित विषयमा नेपाल विद्युत् प्राधिकरणको निर्देशनअनुसार पहिले नै सम्बन्धित बक्यौता तिरेको हुनाले, भ्रामक जानकारी प्रसारित नगर्न हामी सबैलाई विनम्र अनुरोध गर्दछौं ।’

ताजा खबर

सम्बन्धित खबर