काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्सले बिमा शुल्क भुक्तानीमा क्यासब्याक अफर ल्याएको छ । कम्पनीले आफ्नो बिमा शुल्क ई–सेवा र खल्तीमार्फत गर्ने ग्राहकका लागि क्यासब्याक अफर ल्याएको हो ।
कम्पनीका अनुसार बिमालेख नवीकरण मितिअगावै वा नवीकरण मितिपछि सात दिनभित्र प्रिमियम तिर्ने ग्राहकले बिमा शुल्कको शून्य दशमलव ५ प्रतिशत वा अधिकतम १ हजार रुपैयाँसम्म क्यासब्याक पाउनेछन् ।
यो अफर असोज १ गतेदेखि मंसिर २९ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । कम्पनीले सो अफरले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै बिमा सेवा अझ सहज, सुरक्षित र ग्राहकमैत्री बन्ने अपेक्षा गरिएको छ ।