काठमाडौँ :नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा एक हजार रुपैयाँले बढेर दुई लाख १६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन तोलामा दुई लाख १७ हजार एक सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ४५ रुपैयाँले घटेर दुई हजार ५५०रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी दुई हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो ।