२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

वीरगञ्ज भन्सारद्धारा दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व संकलन

Nada
२०८२ असोज २ गते ०७:४७
Shares
वीरगञ्ज भन्सारद्धारा दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व संकलन

पर्सा : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा रु. ३९ अर्ब १५ करोड ५५ लाख राजस्व संकलन गरेको छ ।

भन्सार विभागले चालु आवको दुई महिनासम्म कार्यालयलाई रु. ४३ अर्ब तीन करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकोमा सो अवधिमा भने लक्ष्यको ९० दशमलव ९९ प्रतिशत राजस्व संकलन गरेको हो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले भदौ महिनामा विषम परिस्थितिमा पनि राजस्व संकलन उत्साहजनक भएको बताए । “साउन महिनामा कार्यालयले रु. १८ अर्ब ४४ करोड राजस्व संकलन गरेको थियो”, उनले भने, “जेन जेड समूहको आन्दोलनले भदौ महिनाको एक दिन राजस्व संकलन ठप्पजस्तै हुँदा पनि राजस्व संकलनमा वृद्धि भएको छ । भदौ महिनामा मात्रै मासिक लक्ष्यको ९३ दशमलव ९७ प्रतिशत राजस्व संकलन गरेका छौँ ।”

वीरगञ्ज भन्सार कार्यालयले भदौ १२ गते एकै दिनमा रु. दुई अर्ब ३७ करोड राजस्व संकलन गरेको छ । त्यस्तै गरी भदौ १७ गते रु. एक खर्ब ९२ करोड राजस्व संकलन गरेको छ । त्यस्तै भदौ २८ गते रु. एक अर्ब ७१ करोड र भदौ ३१ गते भने रु. एक अर्ब ११ करोड राजस्व संकलन गरेको छ । त्यस्तै जेन जेड समूहको प्रदर्शनका दिन भदौ २४ गते रु. तीन करोड, भदौ २५ गते भने शूल्य राजस्व संकलन भएको छ ।

त्यस्तै भदौ २६ गते छ करोड र भदौ २७ गते भने रु. ११ करोड राजस्व संकलन भएको कार्यालयले जनाएको छ । कार्यालयले साउन महिनामा रु. १८ अर्ब ४४ करोड राजस्व संकलन गर्‍यो भने भदौ महिनामा भने रु. २० अर्ब १२ करोड राजस्व संकलन गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर