२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

नेपालले पाकिस्तानलाई दियो १०९ रनको लक्ष्य

ADV
मध्यान्ह
२०८१ साउन ६ गते २०:५४
नेपालले पाकिस्तानलाई दियो १०९ रनको लक्ष्य

काठमाडौं : नेपालले एसीसी महिला एसिया कपमा पाकिस्तानलाई १०९ रनको लक्ष्य दिएको छ ।

रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रन बनाएको हो ।

नेपालका लागि कविता जोशीले अविजित रहँदै सर्वाधिक ३१ रन बनाइन् । २३ बल खेलेकी उनले चार चौका र एक छक्का प्रहार गरिन् । 

सीता रानामगर २६, पूजा महतो २५ र कविता कुँवर १३ रनमा आउट भइन् । 

पाकिस्तानकी सादिया इकबालले सर्वाधिक दुई विकेट लिइन् भने फातिमा सानाले एक विकेट लिइन् ।

ADVADV

सम्बन्धित खबर

Advertise