२०८२ असोज ३१ गते शुक्रवार / Oct 17 , 2025 , Friday
२०८२ असोज ३१ गते शुक्रवार
Ads

बालमैत्री र समावेशी विद्यालय निर्माण गर्न प्रधानाध्यापकबीच कार्यशाला

shivam cement
सन्तोष पौडेल
२०८२ असोज ३१ गते २०:२१
बालमैत्री र समावेशी विद्यालय निर्माण गर्न प्रधानाध्यापकबीच कार्यशाला

बर्दिया : बर्दियाको गुलरियामा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको क्षमता विकास तथा सिकाइ आदान–प्रदान कार्यशाला सम्पन्न भएको छ ।

प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बी ग्रुप) बाँकेको साझेदारीमा तथा शिक्षा विकास समन्वय इकाई बर्दियाको सहकार्यमा उक्त कार्यशाला आयोजना गरिएको हो । 

कार्यशालामा बाल विवाह न्यूनीकरण परियोजना सञ्चालन भएका बर्दियाका ठाकुरबाबा, मधुवन, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकाका २० वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरू सहभागी भएका थिए ।

कार्यशालामा परियोजना अन्तर्गत विद्यालयमा देखिएका अवलोकनयोग्य असल अभ्यासहरूलाई संस्थागत गर्ने कार्ययोजना निर्माण, विद्यालयको समावेशी र बालमैत्री वातावरण सुदृढीकरण र ‘विद्यालय सुरक्षा कार्यविधि, २०७५’को प्रभावकारी कार्यान्वयनबारे विस्तृत छलफल गरिएको थियो । 

आयोजकका अनुसार परियोजना अन्तर्गत विद्यालयमा कार्यान्वित विभिन्न गतिविधिहरूको समीक्षा, सफल अभ्यासहरूको आदान–प्रदान तथा ती अभ्यासलाई संस्थागत गर्दै आगामी कार्ययोजना निर्माण गर्नु कार्यशालाको मुख्य उद्देश्य रहेको थियो । 

प्लान इन्टरनेशनल नेपाल र बी ग्रुप बाँकेले स्थानीय तहहरूसँग सहकार्य गर्दै विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

ती गतिविधिहरूले विद्यालयमा समावेशी वातावरण निर्माण, विद्यालयबाहिर रहेका बालबालिकालाई भर्ना गर्न प्रेरित गर्ने, सिकाइमा कमजोर विद्यार्थीको स्तरवृद्धि गर्ने, तथा लैङ्गिक र अपाङ्गता–मैत्री संरचना निर्माणमार्फत शिक्षामा पहुँच विस्तार गर्न सहयोग पु¥याएको सहभागीहरूको भनाइ छ ।

कार्यशालामा ‘विद्यालय सुरक्षा कार्यान्वयन कार्यविधि, २०७५’ का प्रावधानबारे छलफल गर्दै विद्यालयस्तरमा त्यसको प्रभावकारी कार्यान्वयनका उपायहरू पनि साझा गरिएको थियो । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise