२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

विपद् व्यवस्थापनको उपाय खोज्न संकल्प प्रस्ताव

ADV
शिव विक
२०८१ साउन ८ गते ०६:३०
विपद् व्यवस्थापनको उपाय खोज्न संकल्प प्रस्ताव

काठमाडौं : वर्षातका समयमा धनजनको क्षति अधिक भएपछि विपद् व्यवस्थापन र पूर्वतयारीको उपाय खोज्न प्रतिनिधि सभामा संकल्प प्रस्ताव लगिएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले विपद् व्यवस्थापन पुनरावलोकन, बृहत् गुरुयोजना निर्माण तथा स्वास्थ्य संकट पूर्वतयारीबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् । 

सोमबार रास्वपाका सांसद तोसिमा कार्कीको नेतृत्वमा गएको टोलीले उक्त प्रस्ताव पेश गरेका हुन् । उनीहरूले सभामुख देवराज घिमिरेलाई पनि सार्वजनिक महत्वको प्रस्ताव बुझाएका छन् । 

मनसुन सुरु भए लगत्तै विपद्का घटनाहरू देशभरी नै बढेका छन् । प्रस्तावमा उल्लेख भए अनुसार विगत पाँच वर्षमा मनसुनको समयमा विपद् बाट लगभग १५०० जना सर्वसाधारणले ज्यान गुमाएको सरकारी तथ्याङ्क छ । यो अवधिमा ५ अर्ब ९१ करोड बराबरको भौतिक संरचनाको समेत क्षति राज्यले व्यहोरेको छ । 

यस वर्षको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिवेदन अनुसार  २०८१ साल जेठ २८ गते मनसुन प्रवेश गरेपछि २०८१ असार २५ सम्मको १ महिनाको समयमा कूल ६८२ मनसुन जन्य विपद्का घटना भएका छन् । जसमा ६९ जनाको मृत्यु भएको छ, ४ जना वेपत्ता भएका छन् भने ८९ जना घाईते भएका छन्, कूल १२६४ परिवार प्रभावित भएका छन् । 

नेपालको भौगोलिक बनोटको अध्ययनले पनि कुन कुन क्षेत्रमा खतरा छ र कति भौतिक तथा मानवीय क्षति हुन सक्छ भनर आकलन गर्न सकिन्छ । यसका लागि अध्ययन गरेर पूर्व तयारी गर्नुपर्नेमा जोड दिइएको छ ।

विपद् व्यवस्थापनका लागि कानुन, रणनिति, कार्ययोजना, कार्यढाँचा नबनेका होईनन् । यस वर्ष पनि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१ बनाईएको छ । जसमा हरेक प्रदेशमा हुन सक्ने मनसुन जन्य क्षतिको बारेमा आँकलन पनि गरिएको छ । तर हुन सक्ने क्षतिको लागी सहि समयमा तयारी गर्न नसक्दा द्रुत सुविधा, तयारी रेस्क्यू समुह तथा आवश्यक उपकरण र व्यवस्थापनको अभावमा जनता पिडित हुन पुगेको बताइन्छ । 

विपद् व्यवस्थापनको पाटो सँगसँगै पानीबाट सर्ने रोगहरू, मनसुनज्य रोगहरू र भेक्टरजनित सङ्क्रमण तथा माहामारी पनि समस्याका रुपमा देखिन सक्छ । विगतका वर्षमा पनि मनसुन सगैँ माहामारी फैलने गरेका थिए । वर्षासँगै विभिन्न किटाणुहरूको सङ्क्रमण अझ बढ्ने हुदा देशभर नै झाडापखाला, हैजा, डेंगु, टाइफाइड, जन्डिस हेपाटाइटिस ए र ई, निमोनिया, आँखा पाक्ने, औलो, कालाजार, ज्वरो, स्क्रब टाइफस, रुघाखोकी, छालाको समस्या, पेटको संक्रमण, जस्ता बिरामी देखिन सक्छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise