२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

बालुवाटारमा सरकार, दल र जेनजीको त्रिपक्षीय बैठक बस्दै

shivam cement
२०८२ कार्तिक १२ गते ०८:०५
Shares
बालुवाटारमा सरकार, दल र जेनजीको त्रिपक्षीय बैठक बस्दै

काठमाडौँ : सरकार, राजनीतिक दलका प्रतिनिधि र जेनजी अगुवाहरुबीच त्रिपक्षीय बैठक बस्दै छ ।

प्रधानमन्त्री सुशीला कार्कीले पहिलो पटक राष्ट्रिय मान्यता प्राप्त दलहरू र जेनजी अगुवालाई एकै ठाउँमा राखेर छलफल गर्न लागेकी हुन् ।

बैठक ४ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा डाकिएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए । बैठकमा निर्वाचनको वातावरण तयार पार्नका लागि सबै पक्षले आ-आफ्नो ठाउँबाट खेल्नुपर्ने भूमिकाका बारेमा छलफल हुने प्रधानमन्त्री कार्यालय निकट स्रोतले बताएको छ । 

बैठकमा राजनीतिक दलका तर्फबाट दोस्रो तहका नेताहरू सहभागी हुनेछन् ।

सम्बन्धित खबर