२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

ज्यान मार्ने उद्योगका नौ जना आरोपित पक्राउ

shivam cement
२०८२ कार्तिक १२ गते ०७:२३
Shares
ज्यान मार्ने उद्योगका नौ जना आरोपित पक्राउ

कर्णाली : जिल्ला प्रहरी कार्यालय सुर्खेतले ज्यान मार्ने उद्योगका नौ आरोपित व्यक्तिलाई पक्राउ गरेको छ ।

देउसी भैलो खेल्ने क्रममा उच्छृङ्खल गतिविधि तथा झैझगडा गरी ज्यान मार्ने उद्योग कसुर गरेको आरोपमा नौ व्यक्तिलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ का १८ वर्षीय उत्सव पुनमगर, १८ वर्षे चाहिन गुरुङ, २१ वर्षीय विक्रान्त गुरुङ, वडा–९ लाटीकोइलीका १८ वर्षीय हेमराज रोकाय, १८ वर्षीय सीमान्त पन्त, समीर खत्री, सन्देश रावल, रौनक बाह्रघरे र किरण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढाथापाले जानकारी दिए । 

उनका अनुसार आरोपित पुनमगरसहितले यही कात्तिक ६ गते राति १:३० बजेको वीरेन्द्रनगर नगरपालिका १० नयाँ घुस्रास्थित सार्वजनिक सडकमा देउसी भैलो खेल्ने क्रममा उच्छृङ्खल गतिविधि तथा झैझगडा गरी बाटो छेकी पीडितलाई ज्यान मार्ने उद्देश्य राखी कुटपिट गरी शक्त घाइते बनाएर फरार भएका थिए । 

 फरार मगरसहित नौ जनालाई वीरेन्द्रनगर नगरपालिका १० सुर्खेतबाट प्रहरीले नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर