२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल यादवलाई सहयोग

shivam cement
प्रदीप ज्ञवाली
२०८२ पुष १४ गते २२:१८
Shares
एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल यादवलाई सहयोग

सैनामैना : एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल राजु यादवलाई बुद्ध स्कुलद्वारा  नगद १० हजारसहित सम्मान गरेको छ । 

न्यून पारिवारिक आर्थिक अवस्थाकाबीच पनि बुटवल १४ शान्तिपुरका यादवले मधेशी कोटाबाट दोस्रो र खुल्लाबाट ५५ औं स्थानमा नाम निकाल्न सफल भएका थिए । 

सोमबार सैनामैना ७ मा रहेको बुद्ध इङ्लिस स्कुलले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । विद्यार्थीले लक्ष्य निर्धारण गरेर मिहेनतलाई निरन्तरता दियो भने पक्कै सफल भइन्छ भन्दै शिक्षकहरुसँग सधैं अन्तरक्रिया गर्नुपर्ने उनले बताए । 

एमबीबीएस सफल विद्यार्थी यादवलाई सम्मान गर्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष खिमराज पोखरेलले  आफू र विद्यालय सदैव विद्यार्थीको पक्षमा रहेको बताए । कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य लेखनाथ गैरेले पढाइप्रति इच्छाशक्ति  भए पैसाले बाटो कहिल्यै पनि नछेक्ने कुराको दृष्टान्त यादव बन्न सफल भएको बताए । राजु जस्ता मिहिनेती विद्यार्थीको पक्षमा आफुहरु रहेको भन्दै विश्वको एक  उज्ज्वल नक्षेत्रको रुपमा चम्किलो भइ उदाउन उनले शुभकामना दिए । 

घरको आर्थिक अवस्था अत्यन्तै कमजोर, दिर्घरोगबाट बिरामी बुबा,आमाले मजदुरी गरेर परिवार चलाइरहनु र त्यसमाथि पनि राजुले बिदाको समयलाई श्रममा बदल्दै आफ्नो सपना बोकेर यो उचाइसम्म पुग्नु साँच्चिकै प्रेरणाको विषय हो । 

यादव कक्षा दशसम्म नवरत्न माध्यमिक विद्यालयमा पढेका थिए भने कक्षा ११/१२ नवीन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालयमा अध्ययन गरेका थिए । अब उनी चिकित्सा अध्ययन संस्थान महाराजगञ्जमा अध्ययन गर्नेछन् ।

सम्बन्धित खबर