२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

मधेशको मत तान्ने प्रयासमा रास्वपा

shivam cement
दिवाकर अधिकारी
२०८२ माघ ६ गते ०६:२५
Shares
मधेशको मत तान्ने प्रयासमा रास्वपा

काठमाडौं : काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएको भोलिपल्टै बालेन्द्र शाह ‘बालेन’ सोमबार मधेश प्रदेशको जनकपर पुगे । उनी पुग्दा जनपुरस्थित कार्यक्रम स्थलमा ‘अबकी बार, बालेन सरकार’को नारा लागिरहेको थियो । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको छ । 

सोमबार जनपुरस्थित कार्यक्रमस्थलमा रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ उपाध्यक्ष बालेन, उपसभापति डोलप्रसाद अर्याल, स्वर्णिम वाग्ले, प्रवक्ता मनीष झा, सचिवालय सदस्य सोबिता गौतमलगायत उपस्थित थिए । लामो समय नेपाली कांग्रेसमा रहेर राजनीति गरेका डा. अमरेशकुमार सिंह पनि सोही कार्यक्रममा उपस्थित भएर रास्वपामा प्रवेश गरे । 

१० हजार बढीको उपस्थितिमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै बालेनले आफू भाषण कम गर्ने र काम गर्ने व्यक्ति रहेको बताए । जनकपुरका मानिसहरू अधिकारका लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्यका लागि काम गर्ने वाचा गरे । काठमाडौं पशुपति घुम्न वा अन्य पर्यटकीयस्थल घुम्न जानुपर्ने र अधिकारका लागि प्रदेश राजधानी जनकपुरमै लड्नुपर्ने बताए । प्रदेशलाई अझ बलियो बनाउनुपर्ने र यसका लागि काम गर्ने वाचा गरे ।

रास्वपाले संघीयताप्रतिको आफ्नो धारणा स्पष्ट गरेको छैन । २०७९ को चुनावमा बालेन र रास्वपा सभापति रवि लामिछानेले प्रदेश सभा सदस्यको चुनावमा मतदानसमेत गरेका थिएनन् । प्रदेश सभा सदस्य र स्थानीय तहका पदाधिकारी मतदाता रहने राष्ट्रिय सभाको निर्वाचनमा हालसम्म रास्वपाले सहभागिता लिएको छैन । यहीबेला बालेनले अझ बलियो प्रदेश सरकारको आवश्यकता रहेको बताएका हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपाका सभापति लामिछानेले आफूले २०७९ को चुनाव जितेको भए तापनि फेरि उपनिर्वाचन लड्नुपरेको बताए । दोहो¥याएर चुनाव जित्दासमेत तत्कालीन सरकारले प्रतिशोध साँधेर आफूलाई काम गर्न नदिएको गुनासो गरे ।

‘धेरै मत लिएर संसद् जाँदा तत्कालीन सरकारले फसायो । अब सबैभन्दा धेरै मत पाएको पार्टीको सांसदका रूपमा संसद्मा जान चाहन्छु,’ उनले भनेका छन् । अर्थात् आगामी २१ फागुनको चुनावबाट धेरै मत ल्याउने पार्टीका रूपमा रास्वापालाई प्रस्तुत गर्ने रास्वपाको ध्यये छ । यसका लागि बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै मधेशबाट पहिलो प्रधानमन्त्री बनाउन लागेको भनेर मत माग्न सुरु गरेका छन् । 

सभालाई सम्बोधन गर्दै नेता अमरेशकुमार सिंहले मधेशले नेपालको सबै परिवर्तनमा साथ दिएको तर कहिल्यै मधेशीको सन्तान प्रधानमन्त्री हुन नपाएको बताए । बिपी कोइरालाको राजनीतिबाट प्रभावित भएर आफू राजनीतिमा संलग्न रहेको बताउँदै उनले बिपीमा जस्तै राजनीतिक दृष्टिकोण आफूले बालेनमा पाएको पनि बताए ।

नेताहरूले जेजस्ता तर्क गरे तापनि उनीहरू मधेशको मत तान्ने प्रयासमा छन् । मधेश प्रदेश आफैंमा धेरै निर्वाचन क्षेत्र भएको ठाउँ हो । जहाँका मतदातालाई विश्वासमा लिन सके ठुलो पार्टी बनाउन सकिने उनीहरूको विश्वास छ । यसकै लागि उनीहरूले प्रत्यक्षतर्फको मनोनयन अगाडि जनकपुरमा सभा गरेर आफूहरू मधेशी जनताको पक्षमा रहेको सन्देश दिन खोजेका हुन् । 

प्रत्यक्षतर्फको मनोनयन मंगलबार हुँदैन । समानुपातिकतर्फको मनोनयन गत १३ र १४ पुसमा भइसकेको छ । २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा समानुपातिक तर्फबाट १ सय १० जना र प्रत्यक्ष निर्वाचन प्रणालीतर्फबाट १ सय ६५ जना निर्वाचित हुनेछन् ।

सम्बन्धित खबर