२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

समानुपातिकतर्फको बन्द सूचीमा पुरुषको तुलनामा महिला बढी

shivam cement
२०८२ माघ २१ गते ०७:४४
Shares
समानुपातिकतर्फको बन्द सूचीमा पुरुषको तुलनामा महिला बढी

काठमाडौँ  : प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले पेस गरेको बन्द सूचीमा पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको पाइएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम बन्द सूचीको नामावली अनुसार एक हजार सात सय ७२ जना महिला छन् । यस्तै, पुरुष एक हजार तीन सय ६३ जना छन् । समानुपातिकतर्फ ६३ राजनीतिक दल सहभागी छन् । आयोगले कूल ५७ वटा निर्वाचन चिन्ह कायम गरेको छ ।

आयोगमा अनुसार, अन्तिम सूचीअनुसार कूल तीन हजार एक सय ३५ उम्मेदवार कायम भएका छन् । आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २९ र प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १६ को उपनियम २ बमोजिम अन्तिम नामावली प्रकाशन गरेको हो ।

आयोगले विभिन्न कारणले गर्दा ७६ जना उम्मेदवारको नामावली भने बन्द सूचीबाट हटाएको थियो । त्यसमा कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१ जना र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूचीमा नाम कायम रहेका कूल २५ जनाको नाम हटाएको छ ।

यस्तै, आयोगले तोकिएको जरिवाना भुक्तान नगरेका १० जना, मतदाता नामावलीमा पिछडिएको क्षेत्रमा नभएका एक जनालाई पनि बन्द सूचीबाट हटाएको थियो । यस्तै, नाम हटाउन भनी सम्बन्धित राजनीतिक दलबाट लेखिए आएका १० जनाको नाम समेत हटाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर