२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

फलेवासमा गहुँ र तोरीको बीउ उत्पादन हुँदै

shivam cement
२०८२ माघ २१ गते १०:५१
Shares
फलेवासमा गहुँ र तोरीको बीउ उत्पादन हुँदै

पर्वत : स्याङ्जा बीउ स्रोत केन्द्र र राष्ट्रिय गहुँ अनुसन्धान केन्द्र भैरहवाको सहयोगमा फलेवास नगरपालिकामा तोरी र गहुँको बीउ उत्पादन प्रारम्भ भएको छ ।

फलेवास नगरपालिका-६ को चौबिस कुरिया र सात कुरिया फाँटमा यहाँ आठ प्रजातिका गहुँ र लुम्ले–१ नामको तोरीको बीउको उत्पादन थालिएको हो । स्थानीय शक्ति कृषि फार्मको मूल संयोजनमा १५ जना किसानको सहभागितामा बीउ उत्पादन भइरहेको अगुवा किसान रमेश चापागाईँले राससलाई जानकारी दिए।

“सात कुरिया र चौबीस कुरिया फाँटमा २०० रोपनीमा लुम्ले–१ तोरीको मूलबीउको खेती भइरहेको छ । अन्य क्षेत्रमा हिउँदे आलु, केराउ,तथा मुसुरो लगाइएको छ । हिउँदमा पहाडी भेगमा लगाउन सकिने जातका आठ प्रजातिको गहुँमा अनुसन्धान भइरहेको छ”, उनले भने ।

ताजा खबर

सम्बन्धित खबर