२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

शरीर बन्धक बनाएको अभियोगमा दुई जना पक्राउ

shivam cement
२०८२ माघ २१ गते ११:२१
Shares
शरीर बन्धक बनाएको अभियोगमा दुई जना पक्राउ

सिरहा : वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर एक युवकलाई भारतमा पुर्‍याई शरीर बन्धक बनाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार कल्याणपुर नगरपालिका–७ का २६ वर्षीय सुरज मुखिया र लहान नगरपालिका–११ का २२ वर्षीय प्रशान्त चौधरीलाई पक्राउ गरिएको हो । 

अभियुक्तद्वयले कल्याणपुर नगरपालिका–७ का रिशकेशकुमार मरिकलाई भारतको गयामा आकर्षक काम लगाइदिने भन्दै प्रलोभनमा पारिएको थियो ।

गत पुस २० गते त्यहाँ पुर्‍याएपछि मोबाइल र सर्टिफिकेटसमेत खोसी उनलाई एक होस्टलमा बन्धक बनाएको पीडितले बताएका थिए ।  पीडितलाई बन्धक बनाएर कुटपिट गर्ने र ज्यान मार्ने धम्की दिँदै परिवारबाट फिरौती रकम असुल गरेको प्रहरीले जनाएको छ । 

अभियुक्तहरूले पीडितको परिवारबाट रु दुई लाख १७ हजार २०० र मरिकको साथबाट ३० हजार भारु असुल गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर