२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

बाँकेमा अस्थायी मतदाताका लागि तीन मतदान केन्द्र कायम

shivam cement
२०८२ माघ २१ गते ११:३४
Shares
बाँकेमा अस्थायी मतदाताका लागि तीन मतदान केन्द्र कायम

बाँके :  जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान केन्द्र कायम गरेको छ ।

जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार जिल्लाको निर्वाचन क्षेत्र नं १ को नौवस्ता कारागार, क्षेत्र नं २ को बाँके कारागार र कर्मचारीका लागि रामलीला मैदानमा अस्थायी मतदान केन्द्र कायम गरिएको हो ।

संघ तथा प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार तथा प्रदेश सरकारको स्वामित्वमा रहेका संस्थामा कार्यरत कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा वा कैदी, वृद्धाआश्रममा बसेका व्यक्तिलगायत अस्थायी मतदाता नामावलीमा समावेश छन् । बाँकेमा दुई हजार ३३८ जना अस्थायी मतदाताका छन् । अस्थायी मतदाताले समानुपातिक निर्वाचनमा मात्र मतदान गर्न पाउँने व्यवस्था छ ।

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षतामा मंगलबार भएको बैठकले निर्वाचनका लागि दुई हजार ४१५ कर्मचारी सिफारिस गरेको हो ।

ताजा खबर

सम्बन्धित खबर