२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

दरखोलामा मोटरेबल पुल निर्माण

shivam cement
२०८२ माघ २१ गते १२:१५
Shares
दरखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी :  म्याग्दीको धवलागिरी गाउँपालिका–२ लमसुङ स्थित दर खोलामा मोटरेबल पुल निर्माण थालिएको छ । पूर्वाधार विकास कार्यालय, म्याग्दीले ठेक्का मार्फत निर्माण थालिएको सो पुल २५ मिटर लामो हुनेछ । 

विस २०८१ भदौ १९ गते  पाँच करोड ५९ लाख ३३ हजारमा ठेक्का सम्झौतामा निर्माण कम्पनीले यसै महिनादेखि काम थालेको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा महेन्द्र बानियाँले जानकारी दिए । 

खोलालाई डाइभर्सन गरेर पुलको पिल्लर राख्ने ठाउँ बनाउन थालिएको हो । ठेक्का सम्झौताको अवधि एक वर्ष पाँच महिना रहेको छ । 

यस ठाउँमा पुल निर्माण भएपछि धवलागिरी गाउँपालिकाको १ र २ नम्बर वडालाई पालिकाको केन्द्र जोड्ने मुना– खोरीया– लमसुङ– लुलाङ– गुर्जा सडकमा बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न सकिने गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए । हाल बर्खामा दर खोलामा बाढी आएर पानीको सतह बढ्दा सिधा यातायात बन्द हुने गरेको छ । 

ताजा खबर

सम्बन्धित खबर