२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयकको नाम परिवर्तन गर्न सरकारले समय माग्यो

shivam cement
२०८२ माघ २२ गते १६:०८
Shares
अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयकको नाम परिवर्तन गर्न सरकारले समय माग्यो

काठमाडौं : अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ को नाम परिवर्तन गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले विधायन व्यवस्थापनसँग समय माग गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा विधेयकको नाममा सहमति जुट्न नसक्दा मन्त्रालयले समय मागेको हो । सांसदहरूले विधेयकको शिर्षकमा ‘अभौतिक’ को ठाउँमा अमूर्त लेख्नुपर्ने माग राखेका छन् ।

नेपाली भाषा, संस्कृतिको महत्व अतुलनीय रहेकाले कानूनमा स्थापित गरिने शब्दमा समेत कला र संस्कृतिको मर्म झल्किने गरी नाम  राख्नुपर्ने सांसदहरूको धारणा छ । बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीकी सांसद मदनकुमारी साहले अभौतिकको ठाउँमा अमूर्त सांस्कृतिक सम्पदा संरक्षणम्बन्धी विधेयक राख्दा उपयुक्त हुने धारणा राखिन् ।

उनले भनिन्, ‘अभौतिकको ठाउँमा अमूर्त सांस्कृतिक सम्पदा संरक्षणम्बन्धी विधेयक राख्दा उपयुक्त होला । ...व्यवस्था गर्न बनेको विधेयक अलि लामो र परम्परागत भयो । यसलाई छोट्याउनुपर्छ जस्तो लाग्छ ।’

बैठकमा समिति सभापति तुलसाकुमारी दाहालले नामको बारेमा निर्णय गर्न सरकारले समय माग गरेको भन्दै दफावार छलफल अगाडि बढाइन् । ‍

बैठकमा बोल्ने अधिकांश सांसदहरूले स्थानीय तहमा सांस्कृतिक सम्पदाको सूचीकरण गर्न लगाउने भनिएर मात्रै नपुग्ने बताउँदै त्यसलाई प्रभावकारी कार्यान्वयन गराउन बजेटको व्यवस्था हुनुपर्ने धारणा राखे । उनीहरूले सन्धि र सम्झोता गर्ने अधिकार संघ सरकारलाई मात्र भएको भन्दै सोहीअनुसार अगाडि बढ्नुपर्ने धारणा राखे । 

ताजा खबर

सम्बन्धित खबर