
बैतडी : बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बिहीबार बेलुका जन्ती बोकेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडी नगरपालिकामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परेर ४५ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेहरूको उद्धार कार्य जारी रहेको छ ।