
काठमाडौं : संयुक्त राज्य अमेरिकाको विलमिङटन मेट्रोपोलिटन विश्वविद्यालयबाट सम्मानार्थ विद्यावारिधि उपाधि प्राप्त गर्नुभएका डा. कर्मा वाङ्छु शेर्पाको सम्मानमा काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
कुलुङ शेर्वी किदुगको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पूर्व मन्त्री आङ छिरिङ शेर्पा प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए । कार्यक्रममा डा. शेर्पाको शैक्षिक उपलब्धि, सामाजिक योगदान तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली समाजको पहिचान प्रवर्द्धनमा पुर्याएको योगदानको उच्च प्रशंसा गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । वक्ताहरूले डा. शेर्पालाई प्रदान गरिएको सम्मानले नेपाली समुदायको गरिमा अन्तर्राष्ट्रिय स्तरमा अझ सुदृढ भएको उल्लेख गर्दै उनको योगदान प्रेरणादायी रहेको बताए ।
सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै डा. कर्मा वाङ्छु शेर्पाले उक्त सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा पनि सम्पूर्ण नेपाली समाज र शेर्पा समुदायको साझा उपलब्धिका रूपमा लिएको बताए ।