२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

मतदातालाई प्रभावित पार्ने कार्य नगर्न निर्वाचन कार्यालय काठमाडौँको आग्रह

shivam cement
२०८२ माघ २४ गते १५:५७
Shares
मतदातालाई प्रभावित पार्ने कार्य नगर्न निर्वाचन कार्यालय काठमाडौँको आग्रह

काठमाडौँ : जिल्ला निर्वाचन कार्यालय, काठमाडौँले मतदातालाई प्रभावित पार्ने कुनै पनि कार्य नगर्न राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आग्रह गरेको छ । 

निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ बमोजिम आचारसंहिता उल्लंघन हुने कार्य नगर्न निर्वाचन कार्यालयले आग्रह गरेको हो । 

त्यस्तै, उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघि मात्रै निर्वाचन प्रचार प्रसार गर्न पाउने व्यवस्थाप्रति पनि ध्यान दिन कार्यालयले भनेको छ ।

उक्त अवधिभन्दा अघि कुनै पनि जुलुस, आमसभा वा कोणसभा र घरदैलो पनि नगर्न आग्रह गरिएको छ ।

मतदातालाई प्रभावित पार्ने यस्ता कार्य गरिएको खण्डमा कानून अनुसार कारबाही गरिने पनि बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर