२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

निर्वाचनका लागि भारतबाट नेपाललाई सवारी साधन सहयोग

shivam cement
२०८२ माघ २६ गते १४:५३
Shares
निर्वाचनका लागि भारतबाट नेपाललाई सवारी साधन सहयोग

काठमाडौं : नेपालमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीलाई सहयोग पुर्‍याउन भारत सरकारले नेपाललाई ठुलो संख्यामा सवारी साधनहरू अनुदान स्वरूप उपलब्ध गराएको छ । नेपाल सरकारको आग्रहमा भारतले सवारी साधनहरू अनुदान स्वरूप उपलब्ध गराएको हो ।

भारत सरकारले करिव ६५० वटा सवारी साधनहरू (मुख्य रूपमा डबल क्याव पिकअप, एसयूभी र अन्य उपयोगी वाहनहरू) उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । यो सहयोगलाई विभिन्न चरणमा हस्तान्तरण गरिँदैछ । भारतीय दूतावासका अनुसार यो सहयोग नेपालको निर्वाचन तयारीमा लजिस्टिक्स र सुरक्षा व्यवस्थापनलाई मजबुत बनाउन लक्षित छ ।

भारतले सन् २००८ देखि नै नेपालको निर्वाचनमा यस्तो सहयोग गर्दै आएको छ । जसअन्तर्गत हजारौं सवारी साधनहरू प्रदान गरिसकिएको छ ।

गृह मन्त्रालयकाअनुसार यी गाडीहरू मुख्य रूपमा सुरक्षा निकाय (प्रहरी, सशस्त्र प्रहरी), निर्वाचन आयोग र अन्य सम्बन्धित निकायहरूलाई उपलब्ध गराइनेछ । यसले दुर्गम क्षेत्रमा मतदान सामग्री पुर्‍याउने, सुरक्षा टोलीको आवतजावत र निर्वाचन प्रक्रियाको सुचारु सञ्चालनमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर