काठमाडौंः जिम्बावे ‘ए’ले नेपाललाई जितका लागि २१४ रनको लक्ष्य दिएको छ । नेपाल र जिम्बावे ‘ए’ बीचको तीन एकदिवसीय श्रृंखलाको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ३२.१ ओभरमा सबै विकेट गुमाएर २१३ रन बनाएको थियो । वर्षाका कारण मैदान भिजेकोले खेल ३३ ओभरमा घटाइएको छ ।
जिम्बावेका लागि टाडिवानासेले अर्धशतक प्रहार गरे । नेपालका किशवर महतोले सर्वाधिक ५ विकेट लिए । जिम्बावे ए ले आक्रमक सुरुवात गरेको थियो ।
इन्नोसेन्ट किया र टाडिवानासे मारुमानीले पहिलो विकेटका लागि ४.२ ओभरमै ४० रनको साझेदारी गरेका थिए । मारुमानी ३१ बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा सर्वाधिक ५० रन बनाए ।
इनोसेन्ट कियाले १४ बलमा १ चौकासहित १२ रन बनाउँदै आशिफ शेखद्ववारा क्याच आउट भए । पहिलो पटक नेपालको सिनियर टोलीका लागि खेलिरहेका किशोर महतोले इन्नोसेन्ट कियालाई आउट गर्दै पहिलो विकेट लिएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies